सोलुखुम्बु – जनता समावादी पार्टी, नेपाल सोलुखुम्बुले जिल्लामा पार्टी एक ढिक्का रहेको दाबी गरेको छ । पार्टीको जिल्ला समिति सोलुखुम्बुले आज मंगलवार एक प्रेस विज्ञप्ति जारी जिल्लामा आफ्नो पार्टी एक ढिक्का रहेको जनाएको हो ।
सल्लेरीमा सात पदाधिकारीसहित १९ जना सदस्य उपस्थिती पार्टीको जिल्ला समिति बैठकले जिल्लामा पार्टी एक रहेको सर्वसम्मत निर्णय गरिएको छ । केन्द्रमा अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएपनि जिल्ला कार्यसमितिमा त्यसको प्रभाव नरहेको पार्टीका सहसचिव योगेश बराइलीले जानकारी दिनुभयो ।
पार्टी फुटले नेताकार्यकर्तामा अन्यौल्ता देखिएपनि सोलुका कार्यकर्ताहरु विचलित नभएको पार्टीका जिल्ला अध्यक्ष फुरी गेल्नन शेर्पाले बताउनुभयो ।
साथै पार्टीले उठाएको उत्पिडित समुदायको मुद्धाप्रति झनै प्रतिबद्ध भइ पार्टी र संस्थापन पक्षको छातामा गोलबद्ध हुन समेत उहाँले आवहन गर्नुभयो । जसपा, नेपालको ७ पदाधिकारीसहित २१ सदस्यीय जिल्ला कार्यसमिति रहेको छ ।