सगरमाथा आरोहणको क्रममा दुई आरोही बेपत्ता

  सुवास दर्नाल
427 Shares

सोलुखुम्बु : सगरमाथा आरोहणको क्रममा एक जना नेपाली र एक जना बेलायती नागरिक गरी दुई जना आरोही बेपत्ता भएका छन् । मंगलवार बिहान सगरमाथा चुचुरोबाट फर्कने क्रममा बेलायती नागरिक वर्ष ४० काड्यानियल पल पिटरसन र साङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा बेपत्ता भएको पर्यटन विभागले जनाएको छ ।

चुचुरो पु्गेर फर्कने क्रममा ८७५० मिटरको उचाइमा अवस्थित साउथ समिट नजिकै चिप्लिएर दुई जना नै बेपत्ता भएको विभागका निर्देशक काली बहादुर भुजेलले जानकारी दिनुभयो ।

उनीहरु यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गत चैत २२ गते एटके एक्सपिडिसन प्रालि कम्पनीमार्फत विभागको अनुमति लिइ आरोहणमा निस्किएका थिए ।

सगरमाथा आधार शिविरमा वातावरण अनुकल भई सगरमाथा आरोहणका लागि आधार शिविरबाट गत शुक्रवार दोस्रो आधार शिविर हुँदै शिखरतर्फ प्रस्थान गरेको पर्यटन विभागको आधारशिविर स्थित सम्पर्क कार्यालयले जनाएको छ ।

बेपत्ता आरोहीहरुको कम्पनीले ६ जना अनुभवी माउन्टेन गाइड परिचालन गरी खोजी कार्य भईरहेको पर्यटन विभागले विज्ञप्ति माफएत जानकारी गराएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिन समेत विभागले विज्ञप्तिमार्फत नै अनुरोध गरेको छ । –––

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार