थुलुङ दुधकोशीले गर्‍यो ४८ जना अपाङ्गता भएका व्यक्ति पहिचान

  हिमाल समाचार
28 Shares

सोलुखुम्बु – सोलुखुम्बुकोे थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित घुम्ती शिविरबाट ४८ जना अपाङ्गता भएको व्यक्ति पहिचान गरिएको छ ।

शिविरमा ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ भने ४८ जना नयाँ अपाङ्गता भएको व्यक्ति पहिचान र वर्ग अनुसारको परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

‘क’वर्गका ५ जना, ‘ख’वर्गका २१ जना, ‘ग’वर्गका १९ जना र ‘घ’वर्गका ३ जना गरी ४८ जना नयाँ अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको हो । वडा नम्बर ९ लोखिमबाट सुरु भएको शिविर वडा नम्बर ६ मुक्लिमा सञ्चालन गरी समापन गरिएको थियो ।

शिविर समापन गर्दै पालिका अध्यक्ष असीम राईले जनतालाई घर आँगनमै सेवा प्रवाह गर्ने पालिकाको नीति अन्तर्गत अभियान सञ्चालन भएको पालिका अध्यक्ष असीम राईले बताउनुभयो ।

उहाँले अभियानमा जोडिनुहुने सबै जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा स्वाथ्यकर्मीहरुलाई धन्यवाद समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार