रीड नेपालद्वारा पञ्चनका अग्नि पीडित विद्यार्थीलाई आर्थिक सहयोग

  हिमाल समाचार
49 Shares

सोलुखुम्बु – रीड नेपालले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ पन्चनका तीन जना अग्नि पीडित विद्यार्थीलाई आर्थिक सहया ेग गरेको छ ।

जिल्लाको शैषिक विकासमा काम गर्दै आएको उक्त गैरसरकारी संस्थाले कालिकादेवी माविमा अध्ययनरत दुई जना र दुधकोशी आविमा अध्ययनरत एक जना अग्नि पीडित विद्यार्थीलाई प्रतिव्यक्ति ८ हजार ५ सय रुपैयाँका दरले सहयोग प्रदान गरेको हो ।

लाभान्वित हने विद्यार्थीहरुमा दुधकोशी आविको कक्षा २ मा अध्ययनरत रितिका राई तथा कालिकादेवी माविको कक्षा ५ मा अध्ययनरत भगवती अधिकारी र कक्षा ९ मा अध्ययनरत मनुसा राई रहेका छन् ।

विद्यालय पोसाक र शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग मिलोस् भन्ने हेतुले सम्बन्धित विद्यालयका प्रधानाध्यापकमार्फत विद्यार्थीका अभिभावकलाई नगद सहयोग गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो । गत वैशाख १८ गते जंगलको डढेलो बस्तीमा प्रवेश गर्दा पन्चनमा १० घर जलेर नष्ट भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार