थुलुङ दुधकोशीकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्दार

  हिमाल समाचार
315 Shares

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका-२ किसुत्केरी  २७ वर्षिया आस्था बस्नेतको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । गाउँपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको सिफारिसमा मिसन अस्पताल ओखलढुंगाबाट राष्ट्रपति उद्वार कार्यक्रम अन्तरगत आज उद्वार गरि थप उपचारका लागि काठमाडौ लगिएको हो ।

हाल बालकान्ति अस्पतालमा उपचार भैरहेकि सुत्केरी बस्नेत विमानस्थल सुरक्षा गार्ड कागेलमा कार्यरत प्रहरी जवान रहेको जनाइएको छ ।

उहाँले गत शुक्रबार  बिहान ७ बजे नवजात शिशुलाई मिसन अस्पताल ओखलढुंगामा जन्मदिएको भएपनि शिशुको स्वास्थ अवस्था अति जटिल भइ भेण्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले उद्वार गरिएको हो ।  सहयोग गर्ने गाउँपालिकासहित सबैलाई सुत्केरीका पति सुर्यबहादुर बस्नेतले धन्यवाद दिनुभएको छ ।

राष्ट्रपति उद्वार कार्यक्रमले ग्रामीण क्षेत्रका सुत्केरी महिलाको ज्यान बचाउन ठूलो मद्दत गर्ने गरेको पालिका अध्यक्ष असिम राईको भनाइ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार