हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा इको हिमालद्धारा ९ कृषक समुहलाई वडास्तरीय अभिमुखिकरण तथा कार्यसमिति गठन भएको छ । वडा नं ५ वडा अध्यक्ष महल सिं राईको अध्यक्षतामा स्वास्थ्य चौकी गुदेलको प्राङ्गणमा आइतबार उक्त कार्यसमिति गठन भएको हो ।
कृषकहरुले उत्पादन गरेका विभिन्न किसिमका विरुवाहरु उतपादन भइसकेपछि किसानहरुलाई फलफुल अनुदानमा वडासँगका सहकार्यमा बिरुवा वितरण गर्न, बिरुवा उत्पादन भैईसकेपछि किसानहरुलाई एक घर एक बगैंचा व्यावसायिक बनाउने र कृषकहरुको खेर गएको जमिनलाई सदुपयोग गर्दै फलफुल तथा बिरुवा वृक्षरोपन गर्ने उद्धेशयले उक्त कार्यसमिति गठन गरेको इको हिमाल नेपालले जनाएको छ ।
बिरुवा उत्पादन भैईसकेपछि अभिमुखिकरण कार्यक्रममा स्याटलाइट कार्यक्रम अन्तगर्त विभिन्न फलफुल उत्पादन, बार्षिक कार्यक्रम योजना स्यालाइट कार्यक्रम कार्यसमितिले बार्षिक रुपमा विभिन्न जातका फलफुल बिरुवा जस्तै समुन्द्र सतह देखि ३५ सय मिटर उचाइसम्म उत्पादन गर्न सक्ने चिया, दन्ते ओखर जापानीज नास्पाती, हलुवाबेद, किवि, टिमुर, मेक्का डेमिया नन्ट प्यासेन्टफुट, आरु खुरुपाने , स्याउ एबोकार्डो आदिइत्यादी वार्षिक २० हजार बिरुवा उत्पादन गनर्का साथै वडा ५ का किसानलाई सिजन अनुसार करेसाबारीका लागि बिउँबिजन अनुदान वितरण विभिन्न फलफुल तथा तरकारीमा रोग किरा ब्यवस्थापन गर्ने कार्य समेत गरिरहेको इको हिमाल नेपाल संस्थाका कृषि प्राविधिक सुनिल हायुले बताउनुभयो ।
अभिमुखिकरण वडा जनप्रतिनिधिहरु , वडा सचिब, वडाका कर्मचारी गा. वि. स अध्यक्ष, शिक्षक, स्वास्थ्यकमी, बुद्धिजिवि, कृषि समुहको प्रतिनिधिहरु, कृषि प्राविधिक, संचारकर्मी लगायत ४८ जनाको उपस्थिति रहेका सहकर्मि झलक राईले जानकारी दिनुभयो ।