काङ्ग्रेस नेता कार्कीको पहलमा प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई एम्बुलेन्स उपलब्ध

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता समाजसेवी प्रकाश सिंह कार्कीको पहलमा प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई एम्बुलेन्स प्राप्त भएको छ ।

हिमाली संचार लिमिटेडका शेयर सदस्य समेत रहेका नेता कार्कीको पहलमा साउथ एसिया फाउन्डेसन नेपालले स्वास्थ्य केन्द्रलाई एक थान एम्बुलेन्स उपलब्ध गराएको हो ।

स्वास्थ्य केन्द्र प्रतिनिधिको रुपमा बुझेको उक्त एम्बुलेन्स केही दिनमा प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिने युवा नेता दिनराज बस्तोलाले जानकारी दिनुभयो ।

एम्बुलेन्स दर्ता तथा अन्य आवस्यक कागजात व्यवस्थापनको जिम्मेवारी आफुलाई प्राप्त भएको नेता बस्तोलाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार