सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको समग्र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग खोटाङको आयोजना तथा हिमाल एफ.एम को सह–आयोजनामा जिल्ला सदरमुकाम सल्लेरीमा आज शुक्रवार उक्त कार्यक्रम भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख उपसचिव गिता दाहाल सहित मानव अधिकार अधिकृतहरुको उपस्थितीमा भएको उक्त कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासा तथा गुनासाहरु राखेका थिए ।
अन्तर संवादको रुपमा आयोजना गरिएको कार्यक्रममा उपस्थित सञ्चारकर्मी, पत्रकार, अधिकारकर्मी, महिला अधिकारकर्मी, स्थानिय लगायतका सरकारवालाहरुले जिल्लामा भएका समग्र मानव अधिकार उल्लंघन हनन घटनाको विषयमा जिज्ञासा तथा गुनासाहरु राखेका थिए ।
जिल्लामा बजार अखाद्य वस्तु बिक्रि सहित विभिन्न स्वास्थ्य क्षेत्रमा मानव अधिकार उल्लंघन भइरहेको सहभागीहरुले बताएका थिए । जिल्लाको सदरमुकाममा मात्रै केन्द्रित कार्यक्रम हुँदा गाँउघरमा मानव अधिकार के हो भन्ने बारे समेत जनमाझमा जनचेतना फैलिन नसकेको सहभागीको भनाइ छ ।
विभिन्न पेशा व्यवसायमा आबद ब्याक्तिहरुले उक्त गुनासो राखेका हुन् । स्वास्थ्य क्षेत्र, सञ्चार क्षेत्र, महिला अधिकार क्षेत्र लगायतका स्थानमा आबद ब्याक्तिहरुको जिज्ञासा तथा गुनासाहरुलाई मानव अधिकार आयोग खोटाङका प्रमुख दाहालले जिज्ञासा मेटाउने कोसिस गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मानव अधिकार आयोग खोटाङका प्रमुख उपसचिव दाहालले जिल्लामा उठेका मानव अधिकार उल्लंघनका घटनाहरुलाई प्रदेश देखी केन्द्रसम्म पु¥याउने र आफुले सोही अनुसार कार्य सम्पादन अगाडी बढाउने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
हिमाल एफ.एमले सहजिकरण गरेको उक्त कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका गरी दुई दर्जन भन्दा बढी अधिकारकर्मी सहभागी भएका थिए ।