अमरज्योती आवि महाकुलुङको नवनिर्मत शौचालय र खानेपानीको उद्घाटन

  नवराज सिग्देल
364 Shares

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका – ५ स्थित अमरज्योति आधारभुत विद्यालयको ३ कोठे शौचालय र खानेपानीको उद्घाटन गरिएको छ । इको हिमाल नेपाल र महाकुलुङ गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त संरचनाको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

विद्यालयमा निर्मित सुविधासम्पन्न लैंङ्खिकमैत्री ३ कोठे शौचालय तथा खानेपानी कार्यक्रम विद्यालयलाई हस्तान्तरण गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । कार्यक्रमलाई संम्बोधन गर्दै विद्यालय स्वास्थ्य परियोजना अधिकृत गोमा शर्माले शैक्षिक स्थिति राम्रो बनाउन हाम्रो मुख्य खानेपानी, सरसफाइ र सुविधा सम्पन्न शौचालयले विद्यालयलाई उर्जा प्रदान गर्ने अपेक्षा गर्नुभयो ।

विद्यालय स्वास्थ्य योजना अधिकृत गोमा शर्माको प्रमुख आथ्तियता तथा विव्यस अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष महल सिं राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विव्यस पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, बुद्धिजीवी, सरोकारवाला, शिक्षक र बालक्लवका विद्यार्थीहरु गरी २०० जनाको उपस्थिति रहेको थियो ।

उक्त शौचालय र खानेपानी आयोजना निर्माणका लागि सिकर्मी ज्याला बापत स्थानीय नारायण राईले रु. २३ हजार सहयोग गरेको भन्दै विद्यालयले धन्यवाद ज्ञापनज गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार