सोलुका १० विद्यालयका कम्प्युटर शिक्षकका लागि पेशागत सिप विकास तालिम 

  हिमाल समाचार
343 Shares

सोलुखुम्बु । सोलुखुम्बुका १० वटा सामुदायिक विद्यालयका कम्प्यूटर शिक्षकहरुका लागि पेशागत सिप विकास तालिम सुरु भएको छ । हिमालयन ट्रष्ट नेपाल र एडुटेक नेपालले जिल्लाको सोलुदुधकुण्ड नगरपालिका भित्रका ८ वटा र नेचासल्यान गाउँपालिकाका २ वटा विद्यालयका शिक्षकहरुका लागि सोमवारबाट उक्त तालिम सुरु गरेको हो ।

स्थानीय सरकारको समन्वयमा सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा स्थित गार्मा माविमा सुरु भएको सो तालिम आगामी बिहीवार सकिने हिमालयन ट्रष्टले जनाएको छ । संस्थाले कम्प्यूटर ल्याब स्थापना गर्न सहयोग गरेका विद्यालयहरुमा कम्प्यूटर शिक्षणको व्यवसायीक सिप विकास तालिम सुरु गरिएको जनाएको छ ।

तालिमको सहजीकरण एडुटेक्का प्रशिक्षक अमन दास र हिमालयन ट्रस्टका ल्याब अनुगमन अधिकृत नव बहादुर भुजेलले गरिरहनु भएको छ । तालिमको मुख्य उदेश्य कम्प्युटर, बिज्ञान, अंग्रेजी, गणित, स्थानीय पाठ्यक्रम लगायतका विषयहरुलाई कम्प्युटर ल्याबको प्रयोग गरि गुणस्तरीय शिक्षण गर्नका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने रहेको आयोजकले जनाएको छ ।

तालिम उद्घाटन कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका–७ का कार्यबहाक वडाध्यक्ष भलाकाजी कार्की प्रमुअ आतिथ्यता तथा विद्यालयका प्रधानाध्याक विनोदसिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार