सरमाथासहितका हिमालबाट सेनाद्वारा ११ टन फोहोर सङ्कलन

  हिमाल समाचार
7 Shares

सोलुखुम्बु । सफा हिमाल अभियान–२०२४ अन्तर्गत नेपाली सेनाले सगरमाथासहितका हिमालबाट ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरेको छ । बुधवार काठमाण्डौमा अभियान समापन समारोहको आयोजना गर्दै सेनाले यसबारेमा जानकारी दिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले ५५ दिनसम्म सञ्चालित अभियानमा कति मात्रामा फोहोर सङ्कलन भयो भन्ने कुराले मात्र अभियानको महत्त्व उजागर गर्न नसक्ने बताउनुभयो ।

प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताउनुभयो ।

प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको उहाँको भनाइ छ । प्रधानपति शर्माले सफाइ अभियान सञ्चलन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताउनुभयो । नेपाली सेनाले चैत २९ गतेदेखि अभियानको शुरुआत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार