सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ च्याल्साका छिरिङ शेर्पाको घरमा आगलागी भएको छ । सोमबार राती अन्दाजी १०ः०० बजेको समयमा शेर्पाको घरमा एक्कासी आगो लागेको थियो ।
आगलागी भएको भन्ने खबर पाउनसाथ राती ११ः०० बजे प्रहरी खटिएर गई प्रहरी र स्थानियबासिको सहयोगमा २९ गते बिहानको ०१ः३० बजे आगो पूर्ण रुपमा निभाइएको थियो । ढुङ्गा, माटो र काठको छानो भएको एक तले एक तले घर नष्ट भएको प्रहरीको भनाइको छ ।
एक तले घर र घरभित्र रहेको चिरान काठ जलि पूर्ण रुपमा क्षति भएको, मानविय र पशुचौपायको क्षति नभएको सोलुखुम्बु प्रहरीले जनाएको छ । उक्त स्थान अस्थाइ प्रहरी चौकी दोर्पुबाट अन्दाजी ६ किलो मिटर पूर्वमा रहेको छ । हाल उक्त घरमा समान राख्न प्रयोग गरिने बताइएको छ ।