सोलुखुम्बु् । व्यावसायिक आरोहणका रूपमा जटिल मानिएको विश्वको छैटौं सर्वोच्च शिखर चोयु हिमालमा नेपालतर्फबाट पहिलो पटक आरोहण गरिएको छ । नयाँ रुट भएर ६ नेपालीसहित ७ जना आरोहीले सफल आरोहण गरेका हुन् ।
फ्रान्सेली पर्वतारोही अलासडेयर म्याकेन्जीको नेतृत्वमा तेन्जिङ ग्याल्जेन शेर्पा, गेल्जे शेर्पा, छाङ्बा शेर्पा, लाक्पा तेब्बा शेर्पा र निग्मा वाङ्दा शेर्पाले शुक्रबार चोयु शिखर आरोहण गरेका छन् ।
नेपालतर्फबाट नयाँ रुटबाट भएको यो पहिलो आरोहण भएको यो आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्स प्रालिका समेत सञ्चालक रहेका टासी लाक्पा शेर्पाले जानकारी दिनुभयो । तिब्बतबाट आरोहणको अन्य खर्च तथा अनुमति लिनुभन्दा नेपालबाट सस्तो र सजिलो हुने उहाँको भनाइ छ ।
खुम्बु क्षेत्रको नाम्चे बजारबाट थामे हुँदै चोयु हिमालको आधार शिविर पुगिन्छ । चोयुमा पहिलो पटक १९५४ मा तिब्बतर्फबाट अस्ट्रेलियन आरोही हर्बट टीचीसहितको आरोण दलले पहिलो पटक आरोहण गरेको थियो ।
सगरमाथाभन्दा २० किलोमिटर पश्चिममा रहेको यो हिमाल तिब्बत र नेपालको सीमामा पर्दछ । नेपालबाट आरोहण गर्ने पुरानो रुटलाई आरोहीहरूले ज्यादै चुनौतीपूर्ण र कठिन मान्दै आएका थिए ।