क्लासिकल एभरेष्ट ट्रेकिङ ट्रेलको भविष्य उज्ज्वल छ : कांग्रेस पर्यटन विभाग प्रमुख शेर्पा

  हिमाल समाचार
483 Shares

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले क्लासिकल एभरेष्ट ट्रेकिङ ट्रेलको भविष्य उज्ज्वल रहेको दाबी गर्नुभएको छ ।

आज बुधवार दोलखाको जिरी हुँदै उक्त ट्रेकिङ ट्रेलको अवलोकन गर्नुभएका नेता शेर्पाले केही समय सुस्ताएको क्लासिकल एभरेष्ट ट्रेकिङ ट्रे्लको भविष्य उज्वल रहेको पूतिकृया दिनुभयो ।

पहिलो पटक सगरमाथा आरोही सर एड्मण्ड हिल्लारीले सगरमाथा क्षेत्र जाँदा प्रयोग गरेको उक्त ट्रेल जिरीबाट पिकेडाँडा, लामाजुरा, बेनी, टाक्सिन्दु हुँदै खुम्बु क्षेत्र पुग्ने बताइएको छ । सडक मार्गले जिल्लालाई छोएसँगै सुस्ताएको उक्त पदमार्ग पुनः सञ्चालनको खाँचो रहेको उहाँको भनाइ छ ।

यस्तै नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश क्षेत्र ‘ख’ का सभापति एवं पर्यटन व्यवसायी कर्मा शेर्पाले उक्त पदमार्गले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको पर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

विगतमा सगरमाथासहित सोलुखुम्बुलाई स्थलमार्गबाट राजधानी काठमाण्डौँ जोड्ने एक मात्र माध्यम रहेको उक्त ट्रेकिङ ट्रेल अहिले बिरानो हुँदै गएकाले यसको प्रवद्र्धन गर्नुपर्ने उहाँका भनाइ छ ।

सोही टोलीमा हिमाल एफ.एम.का अध्यक्ष दावा गेलु प्राखिनसहित कांग्रेसका अन्य नेताहरुको उपस्थिती रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार