थुलुङ दुधकोशी अस्पतालको अर्को सफलता, अप्रेसनमार्फत तेश्रो पटक सफल प्रसुती

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–६ मुक्ली स्थित थुलुङ दुधकोशी अस्पतालले अप्रेसनमार्फत तेश्रो पटक सफल प्रसुती गराएको छ । अस्पतालले तेश्रो पटक आज बिहीवार थुलुङ दुधकोशी गाउँपालिका–८ देउसाका २० वर्षीया बसन्ती राईलाई अप्रेसन विधिबाट सफल प्रसुती गराएको हो ।

उहाँले बिहान ६ः१२ मा छोरीलाई जन्मदिनुभएको अस्पतालले जनाएको छ । यससँगै अस्पतालले हालसम्म ३ जना सुत्केरीको अप्रेसनमार्फत सफलतापुर्वक सुत्केरी गराउन सफल भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म अस्पतालमा सुत्केरी गराउनेको संख्या ६ पुगेका छन् ।

विशेषज्ञ डाक्टरसहित सेवा सुरु गरेको अस्पतालले गाउँमै अप्रेसन सेवा समेत सुरु गरेपछि तल्लो क्षेत्रका महिला तथा सुत्केरीहरुलाई सहज भएको छ । अप्रेसनका लागि खर्च गरेर सुविधासम्पन्न स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्यत भएको भन्दै नागरिकहरु खुसी भएका छन् ।

ग्रामिण भेगमा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानले सार्थकता पाउँदै गएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । उपचारको अभावमा ज्यान गुमाउनुपर्ने ग्रामिण भेगका महिला दिदिबहिनीहरुको बाध्यता अन्त्य भएको अध्यक्ष राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार