सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तीको संस्थाको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत सञ्चालित उक्त तालिम आइतबार सुरु भएको हो ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार उक्त दुई दिने तालिमको पालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभयो । थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा सञ्चालित तालिममा पालिका स्तरीय संस्थाका ११ जनाको सहभागिता रहेको छ ।
तालिमको सहजिकरण नेपाल अपाङ्ग महासंघका उपाध्यक्ष राम कार्कीले गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो पक्षधरता समाजबाट पछाडि पारिएका व्यक्तीहरुका लागि भएकाले सोही अनुसारको कार्यक्रम गरिरहेको स्मरण गराउँदै आगामी बजेट पनि सोही अनुसारको हुने बताउँनुभयो ।
राज्यमा प्रवाह हुने सेवा सुविधाबाट टाढा रहेकाहरुको पक्षमा बोल्ने र काम गर्नेहरुको कमि रहेको भन्दै अध्यक्ष राईले त्यस प्रति आफु सचेत रहेको बताउँनुभयो । कार्यक्रममा करुणा फाउण्डेशनको सहकार्य तथा नेपाल अपाङ्ग महासंघको प्राविधिक सहयोग रहेको बताइएको छ ।