सोलुखुम्बु । सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरीमा आज सल्लेरी सामुदायिक सिकाइ केन्द्रको दुई दिने कानुन तथा स्व– हेरचाह/ मनोस्थिती सम्बन्धी गोष्टीको सुरुवातको भएको छ । दुई जना कानुन विद सहितको टोलीले उक्त गोष्टी कार्यक्रमकोे आज बुधबारबाट सुरुवात गरेको हो ।
कार्यक्रम सौमाया राईको अध्यक्षतामा तथा प्रमुख अथिति सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङ को उपस्थिति सम्पन्न भएको संवाददाता महेश अधिकारीले जानकारी दिनुभयो । वि.स २०६६ सालमा २० हजारबाट स्थापना भएको उक्त संस्थाको हाल पुँजी अनुमानित नौ लाख रहेको छ ।
उक्तगोष्टी कार्यक्रममा ६० देखी७० जनाले सहभागी जनाएको संवाददाता अधिकारीले बताउनु भयो । कार्यक्रममा फाप्लुका वडा अध्यक्ष युवास तामाङ देखी लिएर वडा सदस्य समेतको उपस्थित रहेको थियो ।