सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले ४७ करोड रुपैयाँ भन्दा बढीको वार्षिक बजेट पेश गरेको छ । आज सोमवार गाउँपालिका केन्द्र विहिवारेमा भएको १५ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष विना राईले ४७ करोड ११ लाख रुपैयाँको बजेट सभामा पेश गर्नुभएको हो ।
जसमा चालु खर्च ३४ करोड ३८ लाख १४ हजार र पुँजीगत खर्च १२ करोड ७२ लाख ८६ हजार रुपैयाँ रहेको छ । बजेटमा कृषि र पुर्वधार विकासमा प्रमुख जोड दिइएको बताइएको छ ।
गाउँपालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा भएको उक्त अधिवेशनमा पेश गरिएको बजेट अर्को सभाले पास गर्ने उपाध्यक्ष विना राईले जानकारी दिनुभयो ।
अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, अन्य कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।