सोलुखुम्बु । ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२ को अनुमानित बजेट ४४ करोड बढी रहेको छ । आज पालिका उपाध्यक्ष सन्तोष बाबु थापाले ४४ करोड २६ लाख ४७ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।
चालु तर्फ ७६.७३ प्रतिशत अर्थात ३४ करोड तीन लाख ९६ हजार र पुँजीगत तर्फ (२३.२७) प्रतिशत अर्थात १० करोड ३२ लाख ५१ हजार (२३.२७) प्रतिशत बजेट अनुमान गरिएको छ । माथिको बजेटमा सामाजिक सुरक्षा भत्ता र साझेदार लगानी समावेश नभएको पालिकाले जनाएको छ ।