थुलुङ दुधकोशी बहुप्राविधिक प्रदेशकै उत्कृष्ट शिक्षालय

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको नतिजा आएसँगै फेरि पनि कोशी प्रदेशकै उत्कृष्ट शिक्षालय भएको छ । २०७९ सालको डिप्लोमा इन सिभिल इन्जिनियरिङ परीक्षाको नतिजा आएसँगै उक्त शिक्षालय कोशी प्रदेशकै उत्कृष्ट शिक्षालय देखिएको हो ।

थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयमा २०७९ सालको डिप्लोमा इन सिभिल इन्जिनियरिङ व्याजमा भर्ना भएका दोश्रो सेमेस्टरको परिक्षामा सहभागी विद्यार्थीहरु मध्येबाट प्रकाशित नतिजामा ७६.४७ प्रतिशत अथार्त् सहभागी १६ जना विद्यार्थी मध्ये १३ जना उत्तिर्ण भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

शैक्षिक सत्र २०८१ का लागि निःशुल्क प्रवेश परिक्षा तयारी कक्षा समेत सन्चालन भैरहेको थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक किरण थापा मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार