रावा बेसीमा यौन प्रजनन् सम्बन्धी तालिमको सुरुवात

  हिमाल समाचार
497 Shares

सोलुखम्बु । खोटाङको रावा बेसी गाउँपालिकामा तीन दिने यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धीे तालिमको आइतबारबाट सुरुवात भएको छ । इको हिमाल नेपाल र रावा बेसी गाउँपालिकाको साझेदारीमा उक्त तालिमको सुरुवात गरिएको होे ।

लैङ्गिकमैत्री हिमालयन विद्यालय परियोजना अन्तर्गत वार्षिक कार्ययोजना बमोजिम स्थानीय विद्यालयका शिक्षकहरूको लागी तालिम दिइएको हो । ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सचेतना विषयक तालिम पालिकाको सभाहलमा सुरु भएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

रावा बेसी गाउँपालिका भित्रका आधारभूत विद्यालय कक्षा ६–८ र माध्यमिक विद्यालय कक्षा ९–१२ सन्चालन भएका विद्यालयका एक जना किशोरी संरक्षक शिक्षक र एक जना सामाजिक वा स्वास्थ्य शारीरिक अध्यापन गराउने १२ विद्यालयका २३ जना शिक्षकहरुलाई तालिम दिइएको छ ।

तालिमको सहजिकरण स्वास्थ्य अभियानकर्ता अरुणा कोजु र इको हिमाल नेपालका स्वास्थ्य परियोजना अधिकृत गोमा शर्माले गर्नुभएको इकोहिमाल नेपालका कृषि प्राविधिक तुलसा रिजालले बताउनुभयो । तालिमको उद्घाटन रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार