काङ्ग्रेस नेता शेर्पाले गरे नेविसंघ सोलुका पुर्वसहसचिव थापाको अन्तिम बिदाइ 

  हिमाल समाचार
1.2k Shares

सोलुखुम्बु । नेपाल विद्यार्थी संघ(नेविसंघ) सोलुखुम्बुका पुर्वसहसचिव सुनिल थापाको अन्तिम बिदाई गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका-१ नेले स्थायी ठेगाना भएका थापाको ३१ वर्षको उमेरमा आज निधन भएको थियो ।

उहाँको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले नेपाली काङ्ग्रेसको चार तारे झण्डा ओडाई अन्तिम बिदाई गर्नु भयो ।

यस्तै स्वर्गीय थापाको पार्थिव  शरिरमा नेविसंघका जिल्ला अध्यक्ष नवीन बस्नेतले नेविसंघको झण्डा ओडाएर अन्तिम बिदाई गर्नुभयो ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य पासाङ शेर्पा, सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका काङ्ग्रेस सभापति छिरिङ शेर्पा, काङ्ग्रेस भोगेन्द्र खनाल,  नेविसंघ केन्द्रीय सदस्य जीबन बस्नेत, तरुण दलका केन्द्रीय सदस्यहरु नवीन थापा र अस्विनबाबु थापा, नेविसंघ सचिव मोहनकृष्ण निरौलासहित अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

स्वर्गीय थापाको सोलुदुधकुण्ड नगरपालिका ५ स्थित सोलु खोलामा हिन्दु संस्कार अनुसार अत्यष्टी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार