सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले नेलेका ६ घर पहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ । पहिरोका कारण विस्थापित नेलेका ६ घर परिवारलाई नगरपालिकाले आज बिहिवार खाद्यान्नसहित कपडा सहयोग गरेको हो ।
गत सोमबार रातीको अविरल वर्षाका कारण स्थानीय टङ्क बहादुर विक, ब्गल बहादुर विक, हर्क बहादुर विक, किरण खड्का, लाल बहादुर विक र विष्णु माया विकको घरमा क्षती पुगेको थियो ।
पीडित परिवारलाई म्याटृस र सिरक १२/१२ थान, सिरानी ६ थान र चामल ६ बोरा सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
पीडितलाई थोरै भएपनि राहत होस् भन्ने उदेश्यले सहयोग गरिएको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । विपत्तिको घरीमा सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न समेत मेयर शेर्पाले आग्रह गर्नुभयो ।