सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकबाट उठायो झण्डै १४ करोड राजस्व

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकिय क्षेत्र खुम्बु भ्रमणमा आउने पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले झण्डै १४ करोड राजस्व उठाएको छ । कार्यालयले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा निकुञ्ज क्षेत्र भ्रमण गर्ने ५५ हजार नौ सय ७९ जना पर्यटकबाट १३ करोड ६५ लाख सात सय राजस्व संकलन गरेको हो ।

उक्त राजस्व चालु आर्थिक वर्षको २०८०/८१ को साउन महिनादेखी जेठ मसान्तसम्मा संकलन भएको निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक कार्यालयले नेपाली नागरिकबाट एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाचँ सय र अन्य विदेशीबाट तीन हजार रुपैयाँ भ्रमण शुल्क लिइने गरेको छ ।

११ महिनामा नेपाली सात हजार पाँच सय ७७, सार्क मुलुकका छ हजार तीन सय आठ र अन्य मुलुकका ४२ हजार ९४ जनाले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांक छ । –फायल फोटो  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार