सोलुखुम्बु पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु । सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा गरिएको छ । जिल्लाभरका जन्मेदेखी ५९ महिना उमेर समुहका छ हजार पाचँ सय ७१ जना बालबालिकाहरुलाई पूर्ण लगाएपछि आज आइतबार पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले पूण खोप सुनिश्चतता घोषणा गर्न सहयोग पुराउने आठ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

यस्तै सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले स्वास्थ्य नै मानव जिवनको महत्वपूर्ण हिस्सा रहेकाले बालबालिकाको स्वास्थ्यमा गम्भिर भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । यसैगरी माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले अरु जिल्लाको तुलनामा भव्य रुपमा कार्यक्रम नभएको भन्दै आउने दिनमा भव्य रुपमा कार्यक्रम आयोजना गर्न अनुरोध गर्नुभयो ।

 

स्वास्थ्यको क्षेत्रमा स्रोतको अभावमा पनि मेहेनत गरिरहेको बताउँदै महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई वार्षिक रुपमा भत्ता प्रदान गर्ने गरेको उहाँको भनाइ छ । जिल्लाभर जन्मेदेखी १५ महिना उमेर समुहका एक हजार चार सय ५० र १६ देखी ५९ महिनासम्मका पाचँ हजार एक सय २१ बालबालिबाले खोप पाएको खोप फोकल पर्सन राम नारायण शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार