सोलुखुम्बुको इलाका प्रशासन कार्यालय सोताङबाट एक हजार थान भन्दा बढी नेपाली नागरिकता वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखी जेठ महिनासम्म ५५० थान नयाँ र ४६१ थान प्रतिलिपि गरेर एक हजार ११ वटा नागरिकता वितरण गरिएको हो ।
कार्यालयका कायम मुकायम शाखा अधिकृत होम बहादुर विश्वकर्माका अनुसार साउनमा ६०, भदौमा ७१, असोजमा ४२, कात्तिकमा ५०, मंसिरमा ५७ र पुसमा ५२ वटा नयाँ नागरिकता प्रदान गरिएको छ । यस्तै माघमा २६, फागुनमा शुन्य, चैतमा १०, बैशाखमा ४६ र जेठ महिनामा एक सय ३६ गरेर पाचँ सय ५० वटा नागरिकता प्रदान गरिएको छ ।
प्रतिलिपि नागरिकताहरु साउनमा नौ, भदौमा ९७, असोजमा ७४, कात्तिकमा १५, मंसिरमा ४२ र पुस महिनामा ७१ वटा रहेका छन् । यस्तै माघमा २८, फागुनमा शुन्य, चैतमा २८, बैशाखमा २४ र जेठमा ७३ वटा गरेर चार सय ६१ प्रतिलिपि नागरिकता प्रदान गरिएको कायम मुकायम विश्वकर्माले बताउनुभयो ।