सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुबाट लगभग ५७ हजार विरुवा वितरण वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा विभिन्न प्रकारका ५७ हजार विरुवा वितरण गरेको हो । कार्यालयका सूचना अधिकारी मनराज राईका अनुसार रुख सल्ला २५ हजार, डालेघाँस २० हजार, टिमुर सात हजार र लोड सल्ला छ हजार बोट विरुवा वितरण गरिएको छ ।
कृषकहरुको मागको आधारमा विरुवा प्रदान गरेको उहाँको भनाइ छ । हाल जिल्लाको सोताङ, नेले र डिभिजन वन कार्यालय सोलुखुम्बुको नर्सरीमा उत्पादन गरेको विरुवाहरु जिल्लाका आठ वटै पालिकाका कृषकहरुले आवश्यकताका आधारमा लाने गरेको सूचना अधिकारी राईले बताउनुभयो ।