सोलुखुम्बु । निरन्तर परेको झरीका कारण सोलुखुम्बुको टाप्टिङमा एक घर जोखिममा परेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका –८ सिगानेमा धापबाट टाप्टिङ जाने भित्रि सडक खण्डको डिल भत्किदा पसी शेर्पाको घर जोखिममा परेको हो ।
उक्त पहिरोले शेर्पाको ढुंगामाटोले बनेको टिनको छाना भएको २ तले घर जोखिममा परेको सोलुखुम्बुका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी लक्ष्मण गिरीले जानकारी दिनुभयोे । उहाँका अनुसार बिहान ८ः३० बजेको समयमा प्रहरी चौकी केरुङलाई घटनाको विषयमा थाहा दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो ।
शेर्पाको २ जनाको परिवारलाई सोही ठाउँ बस्ने छिमेकी दावा शेर्पाको घरमा सुरक्षितको लागि सारिएको अधिकारी गिरीले बताउनुभयो ।–फायल फोटो