सोलुखुम्बु । उदयपुरमा पहिरोले ४ घर पुरिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा त्रियुगा नगरपालिका– १५ खाँबु तोरीबारअंकी ९ वर्षीया रुपकला मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाइते हुनेमा मृतककी आमा ४० वर्षीया हिराकुमारी मगर र भाइ ७ वर्षीय योगेश मगर रहेको डिएसपी राजन चापागाईंले जानकारी दिनुभयो । घाइतेहरूको उपचारको लागि उदयपुर अस्पताल ल्याउने काम भइरहेको छ ।
उक्त ठाउँमा उनीहरूसहित चारवटा घर पुरिएको वडाध्यक्ष हिमराज मगरले बताउनु भयो । अन्य ७ ओटा घर जोखिममा रहेका छन् ।