निरन्तरको झरीले बराहपोखरीका अधिकांश सडक क्षत विक्षत

  नवराज सिग्देल
182 Shares

सोलुखुम्बु । निरन्तर झरीका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका अधिकांश ग्रामिण सडकहरु बिग्रिएका छन् । शनिबार देखी परेको अविरल बर्षातका कारण पहिरो जादा पालिकाका विभिन्न सडकमा क्षती पुगेको छ । बर्षातकै कारण धाप्लाङ धर्तुङ हुँदै बराहपोखरी जाने सडक पूर्ण रुपमा बन्द भएको छ ।

 

यस्तै पालिकाको वडा नम्बर ६ मा पर्ने मौवाबोटेको बंशिलाघाट देखी छिमेकी जन्तढुंगा गाउँपालिकाको केन्द्र चिसापानी हुँदै खोटाङबजार जाने सडक पनि पहिरोले बन्द भएको हो । हाल पालिकाको जेसिबिलाई बंशिला चिसापानीको सडकखण्डको पहिरो हटाउन पठाइएको छ ।

यस्तै धाप्लाङ धर्तुङको बाटो केही दिन अगाडी पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको थियो । सडक सुचारु भएको केही दिनमै सडकको डिल माथिबाट रुखहरु लडेर र खहरे आएर पुन बाटो बन्द भएको बराहपोखरी २ सुन्तलेका स्थानीय निर बहादुर मगरले बताउनुभयो ।

 

उक्त बाटो अवरोध हुँदा बराहपोखरीबाट उदयपुरको सदरमुकाम गाइघाट बजार जाने स्थानीयहरुलाई मार्का पर्ने गरेको छन् । बाइकमा यात्रा गर्नेहरुले भने रुखले अवरुद्ध भएको स्थानमा ५/६ जना जम्मा भएर बाइक बोकेर यात्रा गर्ने गरेको मगरको भनाइ छ ।  – माथि समाचारमा देखिएका फोटाहरु धाप्लाङ–धर्तुङ सडकखण्ड अन्तगर्त ठाउँ ठाँउमा गएको पहिराको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार