सोलुखुम्बु । सोलुखसुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ नम्बर वडा कार्यालयले साडे ९ लाख बढी राजस्व संकलन गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शिर्षकको सेवा शुल्क बापत ९ लाख ५ हजार २ सय ८१ रुपैयाँ १५ पैसा राजस्व संकलन गरेको हो ।
जसमा भुमिकर मालपोतबाट २ लाख ८६ हजार १ सय २९ रुपैयाँ ६० पैसा, घर बहाल कर ५४ हजार, व्यवसाय कर १६ हजार ५ सय, सेवा शुल्क दस्तुर ३ लाख २६ हजार ४ सय रुपैयाँ संकलन भएको वडा सचिव मिङ्मार डोमा शेर्पाले जानकारी दिनुभयो ।
यस्तै ढुङ्गा गिटी तथा वालुवा कर १ हजार ४ सय, पर्यटन उद्योग शुल्क ४ हजार, काष्ठ उद्योग, काठ चिरान तथा निकासाका लागि सिफारिस शुल्क १ लाख ९४ हजार ८ सय ५० रुपैयाँ सकंलन भएको छ ।
गैर सरकारी संस्था दर्ता, नविकरण, सूचिकृत तथा कार्यक्रम स्वीकृति शुल्क १ हजार र अन्य विषयमा कर तथा शुल्क सेवा वापत २१ हजार १ रुपैयाँ ५५ पैसा गरेर ९ लाख ५ हजार २ सय ८१ रुपैयाँ १५ पैसा राजस्व संकलन भएको वडा कार्यालयले जनाएको छ ।
वडाबासीको सहयोगका कारण कार्यालयले सो राजस्व संकलन भएको भन्दै वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले वडावासीहरुलाई धन्यवाद दिनुभयो ।
हरेक सेवा प्रवाहमा सेवाग्राहीले वडाको नियमलाई कडाइका साथ लागु गरेका कारण राज्य कोषमा राजस्व दाखिला गर्न सफल भएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।