निरन्तरको झरी पश्चात् सोलुमा लाग्यो एकाबिहानै घाम

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु । निरन्तरको झरी पश्चात् हिमाली जिल्ला सोलुखुम्बु सहित देश भरिकै मौसममा सुधार आउन थालेको घाम लाग्न थालेको छ । गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर भएसँगै घाम लाग्न थालेको हो ।

मनसुन न्यून चापीय रेखा पूर्वी क्षेत्रमा नेपालतर्फ सरदर धेरै ठाउँमा अति ठूलो पानी परेको थियो । आजदेखि न्यून चापीय रेखा सरदर स्थानमा पुगेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बाग्मती, गण्डकी र लुम्बनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज देशका सबैजसो ठाउँमा बदली भएर कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका केही ठाउँ र कर्णाली र सदुरपश्चिमको एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार