सोलुखुम्बु । दश स्थानीय तह रहेको खोटाङमा असार–२८ गतेसम्ममा ५६.१९ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । असार महिना सकिन लाग्दा खोटाङमा यस वर्ष ५६.१९ मात्रै प्रतिशत सम्पन्न भएको हो ।
पोहोर साल यहि अवधीमा ३३.५ प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । उहाँका अनुसार असार–२८ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६२ तथा हलेसी तुवाचुङ नगरपालिकामा २२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
यस्तै, जन्तेढुङ्गा गाउँपालिकामा २७, बराहपोखरी गाउँपालिकामा ७०, खोटेहाङ गाउँपालिकामा ५०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५, साकेला गाउँपालिकामा ५० तथा रावाबेँसीमा ३५, केपिलासगढीमा ४० र ऐसेलुखर्कमा गाउँपालिकामा ६५ प्रतिशत रोपाइँ सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको निमित्त प्रमुख राईको भनाइ छ ।
जिल्लामा दस हजार १८ दशमलव नौ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ । जसमध्ये ५ हजार ६ सय २८ दशमलव ९४ हेक्टर क्षेत्रफलमा रोपाइँ गरी सकिएको छ ।