रावाबेसीका किसानले उत्पादन गरेको लिच्चीले पाएन बजार

  नवराज सिग्देल
231 Shares

सोलुखुम्बु । खोटाङमा किसानहरुले उत्पादन गरेको लिच्चीको बजारीकरणमा समस्या भएको छ । जिल्लाको रावाबेसी गाउँपालिका क्षेत्रमा उत्पादन भएको लिच्चीले प्रयाप्त बजार पाउन नसक्दा बजारीकरणमा समस्या भएकोे हो ।

जेठको १५ देखी साउन १५ सम्म लिच्चीको उत्पादन हुने समय हो । यस समयमा पाकेको लिच्ची बेलैमा बजारसम्म पु¥याउन नसक्दा कुहेर जाने गरेको रावाबेसी १ कुभिन्डेका स्थानीय हाकिम राईको भनाइ छ ।

पालिकाले नागरिकहरुले उत्पादन गरेका फलफुलको बजारीकरण गर्न नसकेकोमा उहाँले गुनासो गर्नुभयो । यस्तै सोही ठाउँका अर्का रेग्मीले स्थानीयहरुले रावाबेसीको लिच्ची बिक्रि गर्नका लागी ऐसेलुखर्क, बाक्सिला, दिक्तेल, हलेसीमा लाने गरेको बताउनुभयो ।

ती ठाँउहरुमा डोकोमा बोकर लैजादा भनेजति बिक्रि वितरण गर्न नसकिने उहाँले बताउनु भएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो । हाल जिल्लाको रावाबेसी सहित हलेसी तुवाचुङ, खोटेहाङ, जन्तेढुंगा लगायतका पालिकामा लिच्चीको खेती गरिदै आएको कृषी ज्ञान केन्द्रले जनाएको छ ।– फायल फाटो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार