सोलुका सरोकारवाला निकायद्धारा सल्लेरी–पत्ताले सडक अनुगमन

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु । सोलुखुम्बुका सरोकारवालाहरु निकायहरुले हिजो शनिबार सल्लेरी–पत्ताले सडक अनुगमन खण्डको अनुगमन गरेको छन् । प्रमुख जिल्ला अधिकारी सहितको टोलीले सल्लेरी देखि पत्ताले सम्मको सडकको अनुगमन गर्नु भएको हो ।

निरन्तरको झरीका कारण सडकहरुको छेउछाउमा पहिरो गएको छ । यस्तै ठाउँ ठाउँमा खाल्डाखुल्डी परेको अनुगमनका क्रममा देखिएको छ । सोलुखुम्बुका प्रमुख अधिकारी देवि पाण्डे (खत्री), जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरे, दुर्गा बक्स गण सल्लेरी, गुल्मका प्रमुख नवराज बस्नेत लगायतको संयूक्त टोलि सडक अनुगमन गर्नु भएको थियो ।

 

 

 

अबिरल बर्षाका कारण पहिरोको गई क्षतिबारेमा सम्बन्धित निकायलाई तदारुका साथ कार्यन्वयन गर्न जानकारी गराइएका सोलुखुम्बु प्रहरीले जनाएको छ । – सडक अनुगमनका क्रममा खिचिएका फोटाहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार