सोलुखुम्बु । ओखलढुगांमा बिगत ३५ बर्षदेखि शिक्षण पेसामा आवद्ध शिक्षक कमल सुनुवारलाई बिदाइ गरिएकोे छ । जिल्लाको मोलुङ गाउँपलिका वडा ६ का सिहँदेबी अधारभुत बिधालयमा कार्यरत शिक्षकलाई विभिन्न मायाको चिनो प्रदान गरि बिदाई गरिएको हो ।
उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष कमल तामाङले शिक्षण क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिएको भन्दै प्रसंशा समेत गर्नुभएको थियो । कार्यक्रममा पुर्व वडाध्यक्ष रामकाजी तामाङ, विद्यालय व्यव्स्थापन समिति अध्यक्ष, पुर्व विद्यार्थीहरू, लगायतको उल्लेखनीय सहभागी रहेको प्रधानाध्यापक अम्बर बहादुर कार्कीले जानकारी दिनुभयो ।