सोलुदुधकुण्डको सुविधा सम्पन्न प्रशासनिक भवन बन्दै, १० करोड ६६ लाखको टेण्डर आवाहन

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डले प्रशासनिक भवन निर्माणका लागि बोलपत्र(टेण्डर)आवाहन गरेको छ ।

नगरपालिकाले आज आइतवार राष्ट्रिय दैनिक पत्रिकामार्फत भ्याटसहित १० करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको बोलपत्र आवाहन गरेको हो ।

सल्लेरी तिनकुनेमा निर्माण हुन लागेको उक्त प्रशासकिय भवनको लम्बाई १८.६ मिटर र चौडाई १२.६० मिटरको हुने नगरपालिकाका प्रमुख इन्जिनियर फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

प्रशासनिक भवन निर्माणका लागि जिल्ला समन्वय समितिको जग्गा उपलब्ध गराउने गरी यस अघि नै क्याविनेटले निर्णय गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार