जयनेपाल फाउण्डेसनले एसईईमा उत्कृष्ट सोलुका विद्यालय र विद्यार्थीलाई सम्मान गर्ने

  हिमाल समाचार
287 Shares

सोलुखुम्बु । जयनेपाल फाउण्डेसन जिल्ला कार्यसमिति सोलुखुम्बुले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्न सफल जिल्लाका विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने भएको छ ।

फाउण्डेसनले ४२ औँ वि.पी. स्मृति दिवसको अवसरमा आयोजित वि.पी. कोइराला र वर्तमान राष्ट्रिय राजनिति विषयक विचार गोष्ठिको अवसरमा आगामी शनिवार जिल्लाका उत्कृष्ट ३ जना विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने भएको हो ।

२०८० सालको एसईईमा जिल्ला प्रथम हुन सफल खुम्जुङ मावि, दोश्रो केदार मावि र तेश्रो गार्मा माविसहित विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको फाउण्डेसनका अध्यक्ष नविन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कार्यक्रममा अतिथि वक्ताहरुको रुपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरु बल बहादुर केसी, आङ गेलु शेर्पा, नैनसिंह महर र कुन्दनराज काफ्लेको उपस्थिती रहने छ ।

यस्तै नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, कांग्रेस नेता मनोजमणी आचार्य, जयनेपाल फाउण्डेसन अध्यक्ष बद्रि अर्याल लगायतका वक्ताहरुको उपस्थिती रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार