सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । काँगेलको भिरकुना भिरमा घाँस काट्न गएकी अन्दाजी वर्ष २५ वर्षीया अनिता भुजेलको लडेर ज्यान गएको हो । मंगलबार बिहान ९ बजे तिर घरबाट घाँस काट्न गएको पारिवारिक श्रोतले बताएको छ ।
प्रहरी चौकी काँगेलको प्रहरी टोली घटना स्थल तर्फ गएकाले पूर्ण विवरण आउन बाकी रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । वडा अध्यक्ष युजन बस्नेत घटना समेत घटनास्थलमा जानु भएको छ । घरबाट फोन गर्दा फोन नउठेपछी खोजी गर्न जाँदा लडिरहेको भेटेको प्रहरीले जनाएको छ । –साङ्केतिक तस्विर