सोलुखुम्बु । सोलुखुम्बुमा जिल्ला स्तरीय पुरुष व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आजदेखी ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद‘ भन्ने नाराको साथमा प्रतियोगिता सोलुखुम्बु बहुमुखी क्याम्पसको कवर्डहल सल्लेरीमा सुरु भएको हो ।
पहिलो दिन आज ४ इभेन्टसका खेलहरु खेलिएको आयोजकले जनाएको छ । जम्मा १ सय ४ टीमको सहभागी रहेको खेलमा अन्डर सेभिन्टीन डबल तर्फ १२, अन्डर सेभिन्टीन सिंगल १६ टीमको खेल सकिएको छ ।
यस्तै अन्डर थट्टिन सिंगल व्बवाइज तर्फ १९ र गल्स तर्फ ८ टीमको खेल सम्पन्न भएको सोलुख्ुम्बु ब्याडमिन्टन संघका कार्यावाहक अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी खेलको लागि बिहिबार दिउँसो १२ः३० मा उद्घाटन गरिने छ ।
खुल्ला ब्याडमिन्टन खेलमा प्रथम हुनेलाई १५ हजार, द्धितियलाई १० हजार र सेमिफाइनलमा पुग्ने २ टीमलाई ५/५ हजार पुरस्कारको व्यस्था गरिएको छ । यस्तै जिल्ला स्तरीय खेलमा प्रथम, द्धितिय हुनेलाई क्रमशः १० हजार, ६ हजार पाचँ सय र सेमीफाइनलमा पुग्ने २ टीमलाई ४ हजार ५ सय का साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।