सोलुखुम्बु । जयनेपाल फाउण्डेसन जिल्ला कार्यसमिति सोलुखुम्बुले एसइई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गरेका विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ ।
फाउण्डेसनले आज शनिवार काठमाण्डौँमा एक कार्यक्रमका बिच २०८० सालको परिक्षामा जिल्ला प्रथम, दोश्रो र तेश्रो हुन सफल विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा जिल्ला प्रथम खुम्जुङ माविका विव्यस अध्यक्ष लक्ष्मण अधिकारी र छात्र खाम्सु वाङ्डु शेर्पा, दोश्रो केदार मावि नेचासल्यानका विव्यस अध्यक्ष हेमराज शर्मा र छात्र रमन बाबु कट्टेल र तेश्रो गार्मा माविका विव्यस अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा र छात्र फिन्जुङ शेर्पा रहेका छन् ।
विव्यस अध्यक्ष र विद्यार्थीलाई सम्मानपत्रसहित दोसल्ला ओडाइ सम्मान गरिएको आयोजकले जनाएको छ । फाउण्डेसनका जिल्ला अध्यक्ष नविन थापाको अध्यक्षता तथा कांग्रेस महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु आङ गेलु शेर्पा, नैनसिंह महर, कुन्दनराज काफ्ले, कांग्रेस सोलुखुम्बु सभापति नाम्गेल जाङबु शेर्पा, महाधिवेशन प्रतिनिधि तथा कोशी प्रदेश समिती सदस्य पासाङ शेर्पा र सोलु काङ्ग्रेस क्षेत्रीय सभापति कर्मा शेर्पाको उपस्थिती थियो ।
यस्तै नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, कोशी प्रदेश सांसद डोल्मा तामाङ, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ, कांग्रेस नेताहरु गणेश बहादुर बस्नेत, महिला संघ जिल्ला अध्यक्ष सरला राई, युवा नेता बाबुराम आचार्य, नेविसंघ सोलुका कार्यबहाक अध्यक्ष मोहन कृष्ण निरौला लगायतको उपस्थिती रहेको थियो ।