करदाता सेवा कार्यालय लुक्लाको राजस्व बृद्वी, प्रतिशतका आधारमा प्रथम

  हिमाल समाचार
126 Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको करदाता सेवा कार्यालय लुक्लाको राजस्व संकलनमा बृद्वी भएको छ । आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले लक्ष्यको करिब ३० प्रतिशत धेरैले राजस्व संकलन गर्दे प्रतिशतका संकलन प्रतिशतका आधारमा प्रथम भएको हो ।

कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ९२ लाख कर संकलन गर्ने लक्ष्य लिइएकोमा ५ करोड १० लाख ४६ हजार ५ सय ६६ रुपैयाँ संकलन भएको छ । उक्त बृद्वी भएको राजस्व करिब ५७ प्रतिशत धेरै भएको कार्यालय प्रमुख ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।

हाल नेपाल भरी रहेका ३९ वटा करदाता सेवा कार्यालयहरु मध्ये कर संकलनको आधारमा १ सय ३० प्रतिशत कर जम्मा गर्दे प्रथम समेत भएको कार्यालय प्रमुख कट्टेलले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले ३ करोड ३५ लाख मात्र राजस्व संकलन गरेको थियो । पर्यटकको आवागमनमा भएको बृद्वी, कर सचेतनामा विस्तार र सक्रिय रुपमा बजार अनुगमन कारणले पनि यो वर्ष करदाता कार्यालय लुक्लामा राजस्व बृद्वी भएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार