सोलुखुम्बु । नेपाली कांग्रेस कोशी प्रदेश समन्वय विभागमा सोलुखुम्बुका गुरुङलाई मनोनित गरिएको छ । नेपाली कांग्रेस कोशी प्रदेशको शुभेच्छुक संस्था समन्वय विभाग सदस्य पदमा सोलुखुम्बुका खेम बहादुर गुरुङलाई मनोनित गरिएको हो ।
नेपाली कांग्रेसको विधान, २०१७ (दशौँ संशोधन २०७८) को परिच्छेद ४ धारा १३ (११) (क) बमोजिम गुरुङलाई विभाग सदस्य पदमा हिजो साउन १४ गते मनोनित गरिएको सभापति उद्वव थापाले जानकारी दिनुभयो । पार्टीले ठुलो आशा भरोसा राखेर उहाँलाई मनोनित गरेको सभापति थापाले बताउनुभयो ।