जनप्रिय मावि टाप्टिङमा शरिमाको अध्यक्षतामा १०९ सदस्य ने.वि संघ इकाई समिति गठन

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु । सोलुको जनप्रिय मावि टाप्टिङमा शरिमाको अध्यक्षतामा १०९ सदस्य नेपाल विद्यार्थी संघ इकाई समिति गठन गरिएको छ । जिल्लाको सोलु दुधकुण्ड नगरपालिका १० टाप्टिङमा शरिमा मगरको अध्यक्षतामा १०९ सदस्य नेपाल विद्यार्थी संघ जनप्रिय मा.बि. इकाई समिती सर्वसहमत गठन गरेको हो ।

समितिको उपाध्यक्षमा लाक्पा छिरी तामाङ र पेमा डोमा शेर्पा, सचीवमा पेम्बा शेर्पा सहसचिवमा रेलिसा मगर र फुर्वा शेर्पा तथा कोषाध्यक्षमा रिना बराईली चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस सोलु दुधकुण्ड नगरपालिकाका उपसभापति नवाङ फुरि सेर्पा सोलु दुधकुण्ड १० का सभापति एवं वडा अध्यक्ष होम मगर नेपाल विद्यार्थी संघ सोलुखुम्बुका कार्यवाहक अध्यक्ष मोहन कृष्ण निरौलाको उपस्थिती रहेको ने.वि.संघ सोलुखुम्बुका नेता कपिल राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार