सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको कोशी पारीको क्षेत्र सोताङ गाँउपालिकामा ८० लाख बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा पालिकाले ८० लाख ४७ हजार ५ सय ९७ रुपैयाँ राजस्व संकलन गरेको हो ।
सम्पति कर ९ सय ३९, भुमिकर मालपोत २ लाख ७६ हजार ९३, वहाल कर ४ लाख १२ हजार ४ सय ३४, वहाल विरौटी करबाट ४ लाख ४ सय राजस्व प्राप्त भएको पालिकाले जनाएको छ ।
व्यवसायले भुक्तानी गर्ने कर बापत ५ हजार ५ सय, अन्य करबाट २ लाख ५५ हजार ७ सय ५४, सरकारी सम्पतिको वहालबाट प्राप्त आय ६४ हजार १ सय, कृषि उत्पादनको बिक्री्रबाट १२ हजार ८ सय, सरकारी सम्पतिको बिक्रीबाट प्राप्त रकम ७ लाख ४० हजार ८ सय रहेको पालिकाका सूचना प्रविधि अधिकृत अरुण बस्नेतले जानकारी दिनुभयो ।
अन्य बिक्रीबाट प्राप्त राजस्व १ लाख ४४ हजार ७ सय ८५, विद्युत सेवा शुल्क १ हजार २ सय, परीक्षा शुल्क १७ हजार ४ सय, अन्य प्रशासनिक सेवा शुल्क २९ लाख ५८ हजार ४ सय ४५, नक्सापास दस्तुर ५६ हजार २ सय ४६, सिफारस दस्तुर ४ लाख ७० हजार १ सय ६० रुपैयाँ रहेको छ ।
व्यक्तिगत घटना दर्ता बापत १ लाख ७४ हजार ४ सय, नाता प्रमाणिकरण दस्तुर १७ हजार १ सय, अन्य दस्तुर ५९ हजार ७ सय ३५, व्यावसाय रजिष्टे«शन दस्तुर ६८ हजार २ सय प्राप्त भएको सूचना अधिकारी बस्नेतको भनाइ छ ।
दहत्तर बहत्तर शुल्क बापत ८ लाख ७ हजार १ सय, बेरुजु १० लाख २८ हजार ६६ तथा व्यवसाय कर २ हजार ५ सय तथा अन्य राजस्व ७२ हजार २ सय ३९ र विद्युत सम्बन्धि दस्तुर १ हजार २ सय प्राप्त भएको पालिकाले जनाएको छ ।