सोलुखुम्बु । बाटोमा भेटिएर हिमाल एफएमको केन्द्रीय कार्यालय सल्लेरीमा बुझाइएको पर्स सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । हिजो बाटोमा भटेको पस हिमाल एफएममा बुझाएपछि समाचार सम्प्रेषण भएको २ घण्टा बित्न नपाउदै फिर्ता गराइएको हो ।
उक्त पर्स सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी बस्ने दिलिप गुरुङले शुक्रबार साँझ बाटोमा भेटेपछि शनिबार बिहानै हिमाल एफएममा आएर बुझाउनु भएको थियो ।
गुरुङले उक्त पर्स रेडियोलाई बुझाएपछि रेडियाले समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचार सम्प्रेषण भएको २ घण्टा बित्न नपाउदै पर्स हराउने सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका सुजन मगर रेडियोको अपिसमै आएपछि पर्स सहितको कागजात गुरुङकै हातबाट सुरक्षित साथमा फिर्ता गरिएको हो ।
आफ्नो पर्स सुरक्षित पाए पछि मगरले गुरुङ र हिमाल एफएम परिवारलाई धन्यवाद व्यक्त गर्दे खुसी महसुस गर्नुभयो । पर्स भेट्टाएर बुझाउने गुरुङ हाल सल्लेरीमा रहेको ह्वाइटहिल्स स्कुलमा सहायक प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।