सोलुखुम्बुमा हालसम्म ९३.९९ प्रतिशत रोपाइँ, गत वर्षको तुलनामा केही ढिला

  हिमाल समाचार
49 Shares

सोलुखुम्बुमा हालसम्ममा ९३.९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाको ८ स्थानीय तहमध्ये धान रोपाइँ हुने ७ स्थानीय तहमा ९३.९९ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकका अन्य पालिकामा धान रोपाइँ हुँदै आएको छ । यस वर्ष गत वर्षको तुलनामा केही ढिलो गरी रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका कृषि प्रसार अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म सोलुदुधकुण्ड नगरपालिका, महाकुलुङ र लिखुपिके गाउँपालिकामा शतप्रतिशत धान रोपाइँ सकिएको छ । यस्तै थुलुङदुधकोशीमा ९९.०८, सोताङमा ९२.३५, नेचासल्यानमा ७९.१८ र माप्यदुधकोशी गाउँपालिकामा ८७.३० प्रतिशत धान रोपाइँ सकिएको छ ।

गत वर्षको यहि अवधीमा ९७.०१ प्रतिशत रोपाइँ भएको थियो । तर यस वर्ष भने अत्याधिक पानी परेका कारणले मकै ढिलो पाक्दा रोपाइँ समेत ढिलो भएको हो ।

जिल्लामा हाल १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको । जस मध्ये १ हजार १ सय १२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार