सोलुखुम्बु । सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेड सल्लेरी सोलुखुम्बुले विद्युत महशुल दर परिर्वतन गरेको छ ।
कम्पनीको १९१ औँ सञ्चालक समिति बैठकको निर्णय अनुसार आगामी भदौदेखि लागु हुने गरी विद्युत महशुल दर परिवर्तन गर्ने भएको हो ।
उपभोक्ताको विद्युत उपभोग/खपत प्रयोजनका आधारमा ग्राहक वर्गीकरण गरी सोही अनुसार महशुल दर निर्धारण गरिएको कम्पनीका प्रबन्धक भोजराज तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ग्राहस्थवर्ग, औद्योगिक, व्यापारिक, गैरव्यापारिक, सिँचाइ, खानेपानी, सडक बत्ती, यातायात, धार्मिक तथा आध्यात्मिक स्थल, अस्थायी बत्ती, गैरग्राहस्थ, मनोरञ्जन व्यवसाय र सामुदायिक थोक उपभोक्ता गरी १३ वर्गमा ग्राहक विभाजन गरिएको छ ।
परिवर्तित विद्युत महशुल यस प्रकार छ —
Electricity-Tariff-Collection-Regulation-SCECO-2081-by-191-BM