खोटाङ जन्मघर भएकी क्यान्सर पिडित मगरलाई अभियान्ताहरुद्वारा जुट्यो आर्थिक सहयोग

  नवराज सिग्देल
588 Shares

सोलुखुम्बु । खोटाङ जन्मघर भएकी क्यान्सर पिडित मगरलाई सामाजिक अभियान्ताहरुको सक्रियतामा आर्थिक सहयोग जुटाइएको छ । जिल्लाको बराहपोखरी गाउँपालिका २ सुन्तले खण्डपुरमा जन्मघर भएकी क्यान्सर पिडित निरमाया थापा मगरलाई देश तथा विदेशमा रहेका सामाजिक अभियान्ताहरुको सक्रियतामा आर्थिक रकम सहयोग गरिएको छ ।

विवाह गरेर गोर्खा जिल्लामा कर्मघर समालिरहनु भएकी निरमाया विगत केही समयदेखी क्यान्सर रोगले थलिनुभएको थियो । घरको आर्थिक अवस्था कमजोर भएपछि सामाजिक अभियान्ता बन्जाराको पहलमा देश तथा विदेशमा छरिएर बस्नु भएका अभियान्ता, सहयोगी मनहरुको पहलमा ११ लाख ४८ हजार ६ सय ७० रुपैयाँ सहयोग रकम जुटेको छ ।

२ सय ४१ दाताबाट प्राप्त भएको सहयोग रकम आज विहिबार औपचारिक रुपमा बिरामीलाई चेक हस्तान्तरण गरेर क्यान्सर पिडित निरमाया थापा मगर बचाउ अभियान बन्द गरिएको अभियान्ता बन्जराले जानकारी दिनुभयो ।

क्यान्सर पिडित मगरको स्तन भन्दा मुनिको मासुको डल्लो भित्र क्यान्सर भएकाले मासुको डल्लो भित्र रहेको भाइरसलाई मार्न तथा मासुको डल्लो सुकाउन एक थरी औषधि मिसाएको किमो चार पटक र अर्को थरी औषधि मिसाएको किमो चार पटक प्रयोग गरिएको थियो । 

शरीरको सिटी स्क्यान लगायत सबै एक्सरे गरेर चेकजाँच गरि सके पछि मात्र डाक्टरको सल्लाह अनुसार यहि साउनको २५ गते सोही हस्पिटमा अप्रेसन हुन लागेको बिरामीका भाई केदार आले मगरले जानकारी दिनुभयो ।

उपचारको क्रममा किमो चढाउने देखि सिटी स्क्यान गर्ने लगायत अन्य उपचार गर्ने क्रममा तीन चार लाख रुपैयाँ सकिए पछि अब घरको आर्थिक अवस्थाले उपचार गर्न नभ्याउने भए पछि बिरामीका समाजसेवी केदार आले मगरले अभियान्ताहरु ध्यान कुमार राई,बम बहादुर मगर,ईश्वर बन्जारा,मान ब.मगर (अर्जुन) प्रकाश बन्जारा, सन्देश मगर, लगायत थुपै अभियान्ता र सहयोगी मनहरु सँग हारगुहार मागेर अभियान सुरु गर्नु भएको थियो ।

विभिन्न देशमा रहेर अभियानलाई मुख्य भुमिका निभाएर अभियान चलाउने अभियान्ताहरुमा ईश्वर बन्जारा नेपाल, चन्द्र कुमार राई नेपाल, ध्यान कुमार राई नेपाल,  रेनु मगर नेपाल,बम बहादुर मगर दुबई, नवीन खपाङ्गी मगर साउदी, राम लुङ्गेली मगर कतारबाट सहयोग गर्नुभयो ।

यस्तै कविराज आले मगर साउदी,किरण आले राना मगर कुवेत,केदार आले मगर कुवेत, प्रकाश बन्जरा मलेसिया, सन्देश मगर साउदी अरब,मान ब.मगर (अर्जुन) कुवेत, गणेश मगर (सिमसोम) कोरिया, अशोक लुङ्गेली मगर (सागर) साउदी,चन्द्र गुर्मछान मगरले पनि सहयोग गर्नु भएको छ ।

पुकल श्रेष्ठ मलेसिया देवु श्रेष्ठ बेलायत, ईन्द्र लिमेल मगर नेपाल, उमेश श्रेष्ठ नेपाल, नैन खपाङ्गी मगर साउदी, कृष्ण श्रेष्ठ नेपाल, चन्द्र राई नेपाल, राम मगर नेपाल, जीवन मगर नेपालबाट सहयोग संकलनमा अभियान्ताको भुमिका निभाएको अभियान्ता मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार