सोलुका प्रदेश सांसद राजभण्डारी र पालिका पुर्व अध्यक्षसहित ११ जुवाडे पक्राउ

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु । सोलुखुम्बुका प्रदेश सभा ‘ख’ का सांसद तथा पुर्वमन्त्री बुद्धि कुमार राजभण्डारी र जिल्लाकै गाउँपालिका पुर्वअध्यक्षसहित ११ जना हाइ प्रोफाइल जुवाडे पक्राउ परेका छन् ।

काठमाण्डौँको गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री समेत रहेका राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सांसद राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष तथा एमाले नेता बिर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मा लगायत छन् । शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार हुन् ।

प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ ।

पक्राउ पर्नेहरुमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् ।

माधव थापा बिरामी रहेको अनुसन्धामा संलग्न एकजना अधिकृतले बताउनुभयो । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार